२४ बैशाख २०८१, सोमबार

कांग्रेसद्वारा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज मंगलबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको काँग्रेसका उपसभापति धनराज गुरुङले बताए ।

आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर नेकपा एमाले नेतृत्वको गठबन्धनमा फर्किएका थिए । प्रधानमन्त्री प्रचण्डले सोमबार एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !