९ असार २०८१, आइतबार

नयाँ सत्ता गठबन्धनमा ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई


नयाँ सत्ता गठबन्धन

काठमाडौं । नयाँ सत्ता गठबन्धनमा ८ बुँदे सहमति भएको छ । नयाँ सत्ता गठबन्धनका चार दलबीच आज राती बालुवाटारमा ८ बुँदे सहमति भएको हो ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच भएको सहमति अनुसार सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् भने रिक्त रहेको राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनेछ भने उपाध्यक्ष एमालेले पाउने भएको छ ।

यसैगरी सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने भएको छ । बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ ।

यस्तै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति भएको छ ।

यस्तो छ हेर्नुहोस् नयाँ सत्ता गठबन्धनमा भएको ८ बुँदे सहमति

 

नयाँ सत्ता गठबन्धनमा भएको ८ बुँदे सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !