फाइल फोटो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड केही बेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् हेरफेरको जानकारी दिन शीतलनिवास गएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले) सँगको बामपन्थी नयाँ समीकरण बनाएका छन् ।
नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री प्रचण्डले आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास जान लागेका हुन् ।