१२ असार २०८१, बुधबार

प्रचण्ड सरकारमा एमालेबाट पदम गिरी र रास्वपाका एक मन्त्री बन्ने


पदम गिरी

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति भएको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा दुई पार्टीबीच सहमति भएको हो ।

सत्ता गठबन्धन विघटन भएसंगै एमालेसहितको सरकार आजै बन्ने भएको छ । आजै नयाँ सरकार बनाउने र एमालेका नेता पनि सहभागी हुने निर्णय भएको हो । एमाले नेता सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् बन्ने सामाजिक सञ्जालमार्फत बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न तयार रहेको निष्कर्ष समेत निकालेको छ ।

गएराति अबेरसम्म बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेकोमा एमाले र रास्वपाका एक एक जना मन्त्री बन्ने छन् सहमति भएकोमा एमालेका प्रमुख सचेतक पदम गिरीलाई मन्त्रीमा पठाइने निर्णय भएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !