१३ आश्विन २०८१, आइतबार

सत्ता गठबन्धन विघटन, एमालेसहितको सरकार आजै बन्ने


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

काठमाडौं । अन्ततः हालको सत्ता गठबन्धन विघटन भएको छ । सत्ता गठबन्धन विघटन भएसंगै एमालेसहितको सरकार आजै बन्ने भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति भएको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा दुई पार्टीबीच सहमति भएको हो ।

आजै नयाँ सरकार बनाउने र एमालेका नेता पनि सहभागी हुने निर्णय भएको हो । एमाले नेता सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् बन्ने सामाजिक सञ्जालमार्फत बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !