२ असार २०८१, शनिबार

एमालेको निष्कर्ष : गठबन्धनमा गम्भीर संकट, प्रचण्डसँग नयाँ ढंगले छलफल गर्न तयार


एमाले सचिवालय बैठक बालकोट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सत्ता गठबन्धनमा गम्भीर संकट देखा परेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नयाँ ढंगले छलफल गर्न सकिने निर्णय गरेको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढंगले छलफल गर्न तयार रहेको बताएको हो । आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकले उक्त निष्कर्ष निकालेको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकपछि नेता प्रदिप ज्ञवालीले प्रधानमन्त्री गठबन्धन टुटाउन तयार भए आफूहरु नयाँ ढंगले अघि बढ्न तयार रहेको एमालेको निष्कर्ष रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !