१३ आश्विन २०८१, आइतबार

आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित


सत्ता गठबन्धन

काठमाडौँ । आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अचानक स्थगित गरिएको छ । गठबन्धनमा खटपट देखिएपछि आज बिहान ८ बजे बैठक बोलाइएको थियो ।

गठबन्धन देखिएको खटपटकावीच बस्न लागेको बैठकलाई राजनीतिक वृत्तका चासोका साथ हेरिएको थियो । आज बस्ने भनिएको बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको थियो ।

यस्तै बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिकिंदै गर्दा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएर नेपालको राजनीतिले यूटन लिन सक्ने संकेतहरु देखिन थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !