२५ बैशाख २०८१, मंगलबार

कांग्रेस महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने


कांग्रेस महासमिति बैठक

काठमाडौँ । सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने भएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ ।

हिजो सोमबार महासमिति बैठकको उद्घाटन भएर सुरु भएको कांग्रेस महासमिति बैठकको बन्दसत्र आज बिहान ९ बजेबाट सुरू हुने भएको हो ।

आजदेखि सुरू हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

विशेष गरेर निर्वाचनअघि गठबन्धन नगर्ने विषयलाई महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा लगभग ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल भएर मध्यरातिमात्रै सहमति जुटेसंगै पार्टीमा उत्पन्न विवाद कम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !