१२ आश्विन २०८१, शनिबार

वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको ओलीको आरोप


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको आरोप लगाएका छन् ।

आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको आरोप लगाएका हुन् ।

ओलीले सरकारले जताततै हस्तक्षेप गरेर लोकतान्त्रिक प्रणाली नै मासेको भन्दै यस्तो स्वेच्छाचारिताले मुलुक नचल्ने बताएका छन् । ओलीले काम नलाग्ने र अलोकतान्त्रिक भ्रष्टाचारी सरकार भन्दै गैरकानुनी र बेतिथिसँग चल्ने सरकारको संज्ञा दिए ।

ओलीले सरकारले सामाजिक संस्था रेडक्रस, एनआरएनए जस्ता संस्थामा हस्तक्षेप गरेर स्वेच्छाचारिता देखाएको आरोप लगाएका हुन् । अध्यक्ष ओलीले कुनै पनि स्वतन्त्र संस्थाहरूलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोपसमेत लगाए ।

उनले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाए । सत्ता गठबन्धन हार्ने भएपछि प्रधानमन्त्रीले अधिवेशन रोक्न लगाएको ओलीको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !