३ आश्विन २०८१, बिहीबार

एमालेले प्रधानमन्त्री प्रचण्डलाई आज ज्ञापनपत्र बुझाउँदै


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै छ । एमालेले आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको हो ।

एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो । मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागेको हो ।

एमालेले माघ मसान्तदेखि नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ । एमालेले माघ १५ गतेभित्र सचिवालय बैठक र माघ मसान्तभित्र केन्द्रीय कमिटीको बैठक राखेर आन्दोलनको कार्ययोजना बनाउने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !