२९ जेठ, काठमाडौँ । नेपाली काङ्ग्रेसले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलकाे प्रमुख सचेतकमा सरिता प्रसाईंलाई मनोनीत गरेको छ । उहाँ पुर्व कृषि विकास राज्यमन्त्री तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य पनि हुनुहुन्छ । प्रसाई राष्ट्रिय सभा सदस्यमा प्रदेश नं १ बाट निर्वाचित भएकी हुन् ।
नेपाली काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रसाईंलाई राष्ट्रिय सभामा संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेको काँग्रेस संसदीय दलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा लागेकी प्रसाई नेबिसंघ, तरुण दल र महिला संघको केन्द्रीय सदस्य हुदै नेपाली काङ्ग्रेस केन्द्रीय तथा संबिधान सभा २०७० को सदस्य पनि हुनु भएको थियो ।