२१ जेष्ठ २०८१, सोमबार

आज बस्ने कानुन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने


प्रधानमन्त्री प्रचण्ड सिंहदरवार मन्त्रिपरिषद बैठकमा फाइल फोटो

काठमाडौँ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको आज बुधबार बिहान बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् ।

बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको हो । उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपाल र भारतवीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ ।

गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ भने सरकारको आलोचनासमेत भइरहेको छ ।

त्यसबारे समिति र सांसदहरूको चासोमा प्रधानमन्त्री दाहाल आफैँ उपस्थित भएर सम्बोधन गर्न लागेका हुन् । विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा नेपाल र भारतवीच विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो भने सरकारले भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सीधै समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौतामा समेत सहमति गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !