४ मंसिर २०८१, मंगलबार

‘गङ्गा दाहाललाई हटाउन खोज्नु प्रधानमन्त्रीलाई असफल बनाउनु हो’


प्रचण्ड र गंगा दाहाल

काठमाडौँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालको स्वकीय सचिवका रुपमा काम गरिरहेकी प्रधामन्त्रीकी सुपुत्री गङ्गा दाहाललाई त्यहाँबाट हटाउनु भनेको प्रधानमन्त्रीलाई नै असहयोग गरी उनलाई असफल बनाउन खोज्नु हो भनेका छन् ।

उनले भने, “नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएकी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएदेखि नै उनको स्वकीय सचिवका रुपमा काम गरेकी उनकी सुपुत्री दाहालले हाल प्रधानमन्त्रीलाई सहयोग गरिरहेकाले उहाँलाई हटाउन खोज्नु स्वयं प्रधानमन्त्रीलाई नै असफल बनाउन खोज्नु हो ।”

यस विषयमा पार्टी वा सरकारमा कतै कुरा नउठेको भए पनि बाहिरबाट प्रधानमन्त्रीले आफ्नो सचिवालय सदस्यबाट गङ्गा दाहाललाई हटाउनुपर्ने भन्नेजस्ता आवाज आएकाले यसमा कुनै तुक नरहेको आचार्यले स्पष्ट पारे ।

उनले भने, “प्रधानमन्त्रीजीका छोरा र श्रीमतीको निधन भएको र उहाँ प्रधानमन्त्रीजस्तो पदीय जिम्मेवारीमा रहँदा नजिकबाट उहाँलाई सहयोग गर्ने पारिवारिक सदस्यकारुपमा गङ्गा नै हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्रीको सहयोगीका रुपमा निरन्तरता दिनु हुँदैन भन्नुको कुनै अर्थ छैन । यो त स्वयं प्रधानमन्त्रीलाई नै असहयोग गर्नु हो र प्रधानमन्त्रीजीलाई असहयोग गर्नु भनेको असफल बनाउन खोज्नु हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !