७ पुस २०८१, आइतबार

भारतीय विदेशमन्त्री जयशंकरले भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्दै


डा. एस जयशंकर फाइल फोटो

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्दै छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन हिजो बिहीबार काठमाडौँ आएका जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्न लागेका हुन् ।

आज बिहान साढे ९ बजे जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जयशंकर आजै मध्याह्न साढे १२ बजे स्वदेश फर्किदै छन् । हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले राजनीतिक दलका शीर्ष नेताहरुसंग भेटवार्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !