३१ जेष्ठ २०८१, बिहिबार

बालकुमारी घटनाप्रति एमालेद्वारा दुःख व्यक्त


नेकपा (एमाले)

काठमाडौँ । नेकपा (एमाले)ले ललितपुरको बालकुमारी घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रदाञ्जली व्यक्त गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरिया भाषा परीक्षा इपिएसको विषयलाई लिएर बालकुमारी क्षेत्रमा भएको प्रदर्शनमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएको र केही घाइते भएका थिए ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !