१८ असार २०८१, मंगलबार

अराजकता स्वीकार्य छैन : सञ्चारमन्त्री शर्मा


रेखा शर्मा

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताएकी छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अराजकता नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउँदै त्यसनिम्ति आवश्यक पलहकदमी लिएको उल्लेख गरिन् ।

ललितपुरको बालकुमारीमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसवार गाडीमाथि भएको आगजनी र त्यसमा परी एक जनाको मृत्यु भएकपछि सरकारका प्रवक्ताको जिम्मेवारी सम्हालेकी मन्त्री शर्माले कसैले पनि अराजकतालाई प्रश्रय दिन नहुनेमा जोड दिइन् ।

“जे घटना भयो, त्यो दुःखद् भयो, आफ्ना असन्तुष्टि शान्तिपूर्वक प्रस्तुत गर्न पाइन्छ, सरकारप्रति असन्तुष्टि अभिव्यक्त गर्न पनि पाइन्छ, तर हिंसात्मक गतिविधि मान्य हुँदैन”, मन्त्री शर्माले भनिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !