४ मंसिर २०८१, मंगलबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज समापन हुने


एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक आज शुक्रबार सम्पन्न हुन लागेको हो ।

हिजोको बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका थिए ।

बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने,केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी एक सय ५० सदस्यीय हुनुपर्ने, क्रियाशिलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !