११ पुस २०८१, बिहीबार

प्रधानन्यायाधीश श्रेष्ठको चेतावनी : गलत र बदमासी भए चुप लागेर बस्दिनँ


विश्वम्भरप्रसाद श्रेष्ठ फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कहीँकतै गलत र बदमासी भए आफू चुप लागेर नबस्ने चेतावनी छन् । पेसी व्यवस्थापन अटोमेसन शुभारम्भका लागि आइतबार उच्च अदालत पाटन पुगेका प्रधानन्यायाधीश श्रेष्ठले कुनै पनि प्रकारको अनियमितता भेटिए आफू कठोर बन्ने बताएका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले निकट भविष्यमै अधिवक्ताको ल फर्मबाटै मुद्दा र रिट निवेदन दर्ता गर्ने दिन आउने बताएका छन् । उनले उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई पनि चनाखो भएर हेर्न निर्देशन दिए ।

उनले भारतमा संवैधानिक इजलासको प्रत्यक्ष प्रसारण पनि हुने गरेको भन्दै आफूले पनि त्यहीँ बारेमा सोचिरहेको बताए । उनले उच्च अदालतका न्यायाधीशहरुलाई आफ्नो क्षेत्रका जिल्लामा कसरी काम भइरहेको छ भनेर अनुगमन गर्न र चुस्त सेवाका लाग काम गर्नुपर्ने बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !