४ मंसिर २०८१, मंगलबार

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, आज सपथ हुँदै


लुम्बिनी प्रदेश सरकार

तुलसीपुर, दाङ । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् । आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !