२५ बैशाख २०८१, मंगलबार

मन्त्रिपरिषद्को बैठक सिंहदरबारको नयाँ बैठक कक्षमा आज बस्दै


सिंहदरबारको नयाँ बैठक कक्ष

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मन्त्रिपरिषद्को बैठक बिहान ११ बजे सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्न लागेको हो ।

भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुर्ननिर्माण गरेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकक्ष सारिसकेका छन् ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित छ । बुधबारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो । सहरी विकासमन्त्री सीता गुरूङले बिहान १० बजे प्रधानमन्त्री प्रचण्डले पनुनिर्माण गरी तयार भएको बैठक कक्षको अवलोकन गर्ने र लगत्तै सोही बैठककक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी दिइन् ।

यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री प्रचण्डले १२० वर्ष पूरानो भवनको मुल संरचनालाई जस्ताको त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रो फिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !