८ जेष्ठ २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड काठमाडौँका मेयर बालेनप्रति आक्रोशित


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति आक्रोशित भएका छन् । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आज सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड काठमाडौँका मेयर बालेनप्रति आक्रोशित
भएका हुन् ।

ललितपुर महानगरको स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए । बालेनले आफुले गरेको काममा प्रदेश र संघ सरकारले भाँजो हालेकोमा आक्रोश पोखेका थिए ।

पाँच मिनेटदेखि एक घण्टामा हुने काममा पनि सहयोग नरेकोमा प्रधानमन्त्री प्रचण्डसँग उनले आक्रोश पोखेर उनी मञ्चबाट हिँडेका थिए । आफूमाथि आरोप लगाउने अनि प्रमुख अतिथिले बोलेको सुन्दै नसुनी हिँडेको भन्दै प्रचण्ड निकै आक्रोशित भए ।

प्रधानमन्त्रीले यस्तो आक्रोश पोखिँरहँदा मञ्चमा आसिन अन्य अतिथि र सहभागीहरू मज्जाले हाँसेका थिए । आफ्ना कुरा नसुनी मेयर बालेन कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

आफूले मेयर बालेनका काममा समन्वय गरेको भए पनि उनले त्यसबारेमा नबोलेको भन्दै प्रधानमन्त्री आक्रोशित देखिए । आफू प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको र अब नयाँ ढंगले काम गर्न चाहेको भन्दै प्रचण्डले त्यसमा सबैको साथको अपेक्षा गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !