![पद्मप्रसाद पाण्डेय](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/12/Padmprasad_Panday235.jpeg?fit=1055%2C552&ssl=1)
काठमाडौँ । संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएसंगै पाण्डेको नाम सिफारिस गरिएको हो ।
नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सिना दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस भएको हो ।
संघीय संसद सचिवालयका महासचिव डा. गौतमले घरासयी कारण देखाउँदै हिजो मंसिर २४ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए ।