![Rastiya Sabha](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/06/Rastiya-Sabha.jpg?fit=800%2C533&ssl=1)
२७ जेठ, काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रिय सभाको बैठकले उक्त नियमावली पारित गरेको हो ।
बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गर्नुभएको थियो ।
बैठकमा दीनानाथ शर्मा, सुरेन्द्रराज पाण्डे, बृशेषचन्द्र लाल, प्रमिला कुमारी र डा विमला राई पौडेलले बैठकमा पेश भएको नियमावली एकताको सन्देशको भावसहित आएको बताउनुभएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक असार ३ गते दिनको ११ बजे बस्नेछ ।(रासस)