![महेशकुमार महरा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/11/Mahesh-Kumar-Mahara234.jpg?fit=768%2C544&ssl=1)
काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए ।
“पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उनले भने । उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।