२२ भाद्र २०८१, शनिबार

टिकटक प्रतिबन्धबारे सरकारसँग सर्वोच्चद्वारा लिखित जवाफ माग


सर्वोच्च अदालत र टिकटक

काठमाडौँ । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै १० दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ ।

उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !