१३ आश्विन २०८१, आइतबार

एमालेले कोसी सरकारलाई दिएको समर्थन फिर्ता नलिने


हिक्मतकुमार कार्की

काठमाडौं । नेकपा (एमाले)ले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको एमाले कोसी प्रदेश संसदीय दलको बैठकले कोसी सरकारलाई दिएको समर्थन एमालेले फिर्ता नलिने निर्णय गरेको हो ।

एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको जानकारी दिए । उनले सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने निर्णय भएको बताए ।

गठबन्धन दलका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट प्रदेश सरकारमा मन्त्री नियुक्त गरिएपछि असन्तुष्टि जनाउँदै एमाले प्रदेश सरकारबाट बाहिरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !