१४ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

दुई नेताहरुबीच भएको भेटवार्तामा संक्रमणकालीन न्याय, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण, कतारका राजाको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । यसअघि गत असोज २० गते दुई नेताबीच भेट भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !