१४ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रपतिलाई अमेरिका र चीन भ्रमणबारे ‘ब्रिफिङ’


रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराएका थिए ।

त्यसअघि राष्ट्रपति पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेग्ला–बेग्लै भेटेर समसामयिक विषयमा छलफल गर्नुभएको सल्लाहकार पोखरेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !