१५ पुस २०८१, सोमबार

शेखरको प्रचण्डलाई आग्रह– सच्चिन सकिंदैन भने सरकार छोड्नु पर्यो


डा. शेखर कोइराला फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सच्चिन नसके सरकार छोड्न आग्रह गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गर्दै सच्चिन जरुरी रहेको तर सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने बताएका हुन् ।

उनले सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका हुन् । उनले देश अफ्ठ्यारो स्थितिबिाट अघि बढिरहेको भन्दै सरकार सच्चिन जरुरी रहेको बताए ।

उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यसलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे । नेता कोइरालाले कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने बताए ।

प्रत्यक्षमै समावेशी आरक्षण सुनिश्चित गरेर समानुपातिकको व्यवस्था हटाउनु पर्ने उनको भनाइ छ । उनले राष्ट्रियसभालाई पूर्ण समावेशी र प्रतिनिधि सभा २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !