![प्रचण्ड र ओली](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/05/PM-Prachanda-and-KP-Sharma-Oli-in-Singhadurbar.jpg?fit=1024%2C667&ssl=1)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विविध विषयमा छलफल भएको छ ।