न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो ।
यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो । भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए ।