६ जेष्ठ २०८१, आइतबार

सबै संस्कृतिको संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन


Nanda Bahadur Pun

२१ जेठ, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बहुजाति, बहुभाषा र वेशभूषा रहेको नेपालका सबैका संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले इस्लाम समुदायको रमजान पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले सबैका अधिकार सुरक्षित बनाएको हुँदा सबै जाति र समुदाय राष्ट्रको एकता र वफादारीमा संवेदनशील हुनुपर्ने बताउनभयो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले कुनै पनि धर्मलाई राज्यले बोक्न नहुने हुँदा देशमा धर्मनिरपेक्षताको व्यवस्था गरिएको बताउँदै सबै धर्मको उद्देश्य मानव सेवा र मोक्ष रहेको बताउनुभयो । पूर्वमन्त्री डा वंशीधर मिश्रले देशमा भएका सबै राजनीतिक परिवर्तनमा इस्लाम धर्मावलम्बीको ठूलो योगदान रहेको बताउनुभयो ।

संघका अध्यक्ष सेराजअहमद फारोकी, उपाध्यक्ष ताजमिया, महासचिव जुनेद अन्सारी, महोद्दीनलगायतले एक महिना लामो व्रतको परम्परा रहेको रमजानमा सरकारले बिदा कटौती गरेकामा गुनासो गर्दै आगामी दिनमा सबै धर्मावलम्बीको महत्वपूर्ण पर्वमा सार्वजनिक बिदा दिन माग गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !