५ जेष्ठ २०८१, शनिबार

नेम्वाङ मेरा लागि पार्टीको उपाध्यक्षमात्र होइन, हितैषी र साथी : अध्यक्ष ओली


केपी ओली एमाले संसदीय दलको बैठक

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी भएको बताएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् नेम्वाङलाई श्रद्धाञ्जली दिँदै भनेका छन्, “लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !”

एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष नेम्वाङकाे हृदयाघातबाट गएराति निधन भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !