काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री प्रचण्डले नेम्वाङको असामयिक निधनले मर्माहत भएको उल्लेख गर्दै भावपूर्ण श्रद्धान्जलीसहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् ।
उनले लेखेका छन्– ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए ।
यो पनि पढ्नुहोस्
स्वर्गीय नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा राखिने
नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको छु : राष्ट्रपति पौडेल
नेम्वाङको निधनपछि प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष अस्पतालमा