१४ असार २०८१, शुक्रबार

पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन


सुवास नेम्वाङ

काठमाडौँ । संविधानसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष एवं एमाले संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

आज राती साढे १ बजे ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत्यु भएको जनाएको नेम्वाङको स्वकीय सचिवालय स्रोतले जानकारी दिएको हो ।

नेम्वाङलाई बालुवाटारस्थित निवासमा हृदयघात भएको थियो । ७१ वर्षीय नेम्वाङको पार्थिव शरिर अहिले त्रिवि शिक्षण अस्पतालमा नै छ ।

नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !