१७ असार २०८१, सोमबार

कोशी प्रदेश सरकारद्वारा बजेटसम्बन्धी अध्यादेश जारी


कोशी प्रदेश सरकार

विराटनगर । कोसी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको हो ।

कोसी प्रदेशमा बजेटविहीनता अन्त्य गर्दै कोसी प्रदेश आर्थिक अध्यादेश, २०८० र कोसी प्रदेश विनियोजन अध्यादेश, २०८० गरी दुई वटा अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले जारी गरेका हुन् ।

पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत पारित हुन नसकेपछि निष्क्रिय भएको थियो ।

यस्तो छ कोशी प्रदेश प्रमुख कार्यालयले निकालेको विज्ञप्ति

कोशी प्रदेश सरकारले जारी गरेका बजेटसम्बन्धी अध्यादेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !