१२ आश्विन २०८१, शनिबार

कोसी प्रदेश सरकारविरुद्धको रिटमा आज प्रतिवादीको बहस हुने


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनमा आजदेखि प्रतिवादीको बहस सुरु हुने भएको छ ।

निवेदक पक्षको बहस हिजो सकिएपछि आजदेखि प्रतिवादीको बहस सुरु हुने भएको हो । उक्त रिट निवेदनको सुनुवाइ हिजोदेखि सुरू भएकोमा समय अभावका कारण हेर्दाहेर्दैमा आज मङ्गलबार सुनुवाइ हुने भएको हो ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलास सुनुवाइ प्रारम्भ भए पनि आज नभ्याएका कारण आजका लागि राखिएको थियो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले परशुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइ दायर गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !