७ मंसिर २०८१, शुक्रबार

बालेनले हटाए ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्कीपूर्ण स्टाटस


बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज सोमबार बिहान संघीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने भनी सामाजिक सञ्जालमा राखेको धम्कीपूर्ण स्टाटस हटाएका छन् ।

काठमाडौं महानगरका प्रमुख शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि ट्राफिक प्रहरीले अनावश्यक केरकार गरिएको स्पष्ट पारेको थियो ।

मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले हिजो एक विज्ञप्ति जारी गर्दै मेयर शाहले आफ्नी पत्नी काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका थिए ।

शनिबार राति फेसबुकमार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएको अराजक स्ट्याटस लेखेर विवादमा परेका काठमाडौँ महानगरका मेयर शाहको सचिवालयले सार्वजनिक बिदाका दिन सार्वजनिक गाडी प्रयोग गरिएको विषयमा स्पष्टीकरण दिएको थियो ।

मेयर शाहका स्वकीय सचिव शाहले शनिवार बेलुका सुत्केरी अवस्थामा रहेकी सबिनाको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको स्पष्टीकरण दिएका थिए ।

बालेनको सचिवालयले बालेनकी श्रीमती काफ्ले सवार गाडीलाई केरकार गरेर ट्राफिक प्रहरीले अमर्यादित व्यवहार गरेको दाबी गरेको थियो । काफ्लेले आपत्‌कालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ट्राफिक प्रहरीले ‘मैले चाहेँ भने यतै राख्न सक्छु’ भनेर धम्की दिएको सचिवालयको दाबी गरेको थियो ।

उनले लेखेका थिए, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

उनको उक्त स्टाटस अहिले सामाजिक सञ्जालमा अहिले उक्त स्टाटस देखिँदैन । सामाजिक सञ्जालमा उत्तेजक स्टाटस लेखेर चर्चामा आइरहने उक्त स्टाटस उनले सोमबार बिहान हटाएका हुन् ।

यस्तो थियो उनले सामाजिक संजालमा लेखेको स्टाटस

Balen Status

यो पनि पढ्नुहोस्

बालेनको सचिवालयले भन्यो– ट्राफिक प्रहरीद्वारा मेयर पत्नीलाई अनावश्यक केरकार गरियो

महानगरका गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिन्छु : मेयर बालेन

स्टाटस हटाएपछिको उनको अहिलेको फेसबुक वाल

स्टाटस हटाएपछिको उनको अहिलेको फेसबुक वाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !