९ श्रावण २०८१, बुधबार

महानगरका गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिन्छु : मेयर बालेन


बालेन शाह

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकिए सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस आज राती लेख्दै मेयर बालेनले उत्तेजक अभिव्यक्ति दिंदै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।

सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् । उनले सरकारलाई चोर सरकारको संज्ञासमेत दिएका छन् ।

उनले महानगरकाे गाडी सरकारले आज राेकेकाेमा उनले आपत्ति जनाएका हुन् । उनले सरकारले आजको लागि महानगरपालिकाको कुनै पनि गाडी रोकेपनि भोलि शशक्त आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !