२४ पुस २०८१, बुधबार

बालेनको सचिवालयले भन्यो– ट्राफिक प्रहरीद्वारा मेयर पत्नीलाई अनावश्यक केरकार गरियो


बालेन शाह फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि ट्राफिक प्रहरीले अनावश्यक केरकार गरिएको स्पष्ट पारेको छ ।

मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले आज एक विज्ञप्ति जारी गर्दै मेयर शाहले आफ्नी पत्नी काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

हिजो शनिबार राति फेसबुकमार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएको अराजक स्ट्याटस लेखेर विवादमा परेका काठमाडौँ महानगरका मेयर शाहको सचिवालयले सार्वजनिक बिदाका दिन सार्वजनिक गाडी प्रयोग गरिएको विषयमा स्पष्टीकरण दिएको हो ।

मेयर शाहका स्वकीय सचिव शाहले शनिवार बेलुका सुत्केरी अवस्थामा रहेकी सबिनाको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको स्पष्टीकरण दिएका हुन् ।

बालेनको सचिवालयले बालेनकी श्रीमती काफ्ले सवार गाडीलाई केरकार गरेर ट्राफिक प्रहरीले अमर्यादित व्यवहार गरेको दाबी गरेको छ । काफ्लेले आपत्‌कालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ट्राफिक प्रहरीले ‘मैले चाहेँ भने यतै राख्न सक्छु’ भनेर धम्की दिएको सचिवालयको दाबी छ ।

यस्तो छ बालेनको सचिवालयले निकालेको विज्ञप्ति

बालेनको सचिवालयले निकालेको विज्ञप्ति

बालेनको सचिवालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !