७ मंसिर २०८१, शुक्रबार

विवेकशील साझाको प्रथम वाग्मती प्रदेश अधिवेशन सम्पन्न


विवेकशील साझाको प्रथम वाग्मती प्रदेश अधिवेशन

काठमाडौँ । विवेकशील साझा पार्टीको प्रथम वाग्मती प्रदेश अधिवेशन हिजो भाद्र ९ गते भक्तपुरको जर्मन होम्स हस्पिटालिटीमा सम्पन्न भएको छ । वाग्मती प्रदेश अधिवेशन आयोजक समितिका अध्यक्ष सुरज प्रधानका अनुसार महाधिवेशनको उद्धघाटन पार्टी अध्यक्ष समिक्षा बास्कोटाले फूलमा पानी हालेर गरेका थिए ।

रिवन काटेर, बत्ति बालेर कार्यक्रम उदघाटन गर्नु भन्दा पर्यावरण जोगाएर राजनीति गर्नु पर्छ भन्ने मान्यताका साथ विवेकशील साझाले फुलमा पानी हालेर उद्धघाटन गरेको हो । कार्यक्रममा विभिन्न पार्टीबाट आमन्त्रित पाहुनाहरुलाई पनि मन्तव्य राख्न दिईएको थियो र फुल सहितको गमला दिएर आतिथ्य सत्कार गरिएको थियो ।

विशिष्ट अतिथिहरुमा नेकपा एमालेका वाग्मती प्रदेश अध्यक्ष केशव पाण्डे, पूर्व मन्त्री तथा केन्द्रीय सचिव नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टीकी प्रदेश अध्यक्ष वन्दना सुबेदी साथै विवेकशील साझा पार्टीका अध्यक्ष समिक्षा बास्कोटा, उपाध्यक्ष प्रकाश चन्द्र परियार, महासचिव रन्जु दर्शना लगाएत पार्टी कृर्षि विभाग प्रमुख धनेज थापा, नेता उमेश भट्टराई, केन्द्रीय सदस्य निरन्जन चापागाई लगायतले आफ्ना मन्तब्यहरु राखेका थिए ।

मन्तब्य सकिएपछि पार्टीको बन्दसत्र र चुनाव भएको थियो । पुर्ण लोकतांत्रिक रुपमा चुनाव सम्पन्न भएको निर्वाचन आयोगका प्रमुख शंकर बन्जाडे ज्यूले हामीलाई जानाकारी गराए । वाग्मती प्रदेश अध्यक्षमा पार्टीका नेता अजित खड्काले प्रतिद्वन्द्वी ईश्वर मगियालाई अत्यधिक बहुमतले पराजित गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष २०७४ को चुनावमा काठमाडौ ६ बाट प्रदेश सासंदको चुनावमा यस पार्टीबाट उठेका थिए भने गत संघिय चुनावमा काठमाडौ ६ बाट संघिय चुनावमा विवेकशील साझाको संघिय उम्मेदवार थिए ।

साथै प्रदेश उपाध्यक्षमा डिजन बस्नेत, सचिवमा शकील अहमद, कोषाध्यक्षमा दिल कुमार केसी र प्रदेश सदस्यहरुमाआशिष कार्की, प्रेम प्रसाद वस्ती, पुर्णलाल श्रेष्ठ, सारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, वैकुण्ठ दाहाल, अशोक अधिकारी, भुषण कुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठ चयन भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !