१० मंसिर २०८१, सोमबार

संसद्को बैठक शुरु


san

२० जेठ, काठमाडौँ । आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलसहित आजको प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।

बैठकमा समय माग गर्दै सांसद अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्नुभयो । उहाँले मूल्य वृद्धि फिर्ता लिन आग्रह गर्नुभयो ।

त्यसैगरी सांसद प्रेम सुवालले सुन तस्करीका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संघीय संसद्को दुवै सदनमा जेठ १५ गते प्रस्तुत आगामी आव २०७५÷७६ को बजेटका विषयमा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !