१२ आश्विन २०८१, शनिबार

दलहरूबीच दुईबुँदे सहमति, आज सदन चल्ने


राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुको सर्वदलीय बैठकमा दुईबुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठकमा दुईबुँदे सहमति भएसंगै आज सदन चल्ने भएको हो ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुबीच आज बुधबार बस्ने प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति जुटिसकेको र हस्ताक्षर गर्ने तयारी भइरहेको एक नेताले बताए ।

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति गर्दै एकै ठाउँ आएका हुन् । आजको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी रहेका छन् ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारवाहीमा अवरोध गर्दै आएको थियो ।

तर संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले गत सोमबार सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने उच्च स्तरीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति गरेका थिए ।

यस्तो छ हेर्नुहोस् दलहरूबीच भएको दुईबुँदे सहमति

दलहरूबीच भएको दुईबुँदे सहमति

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !