काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक परेको छ ।
पर्यटनमन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको उनको सचिवालयले जनाएको छ ।
लामो समयदेखि अस्वस्थ भइ वीर अस्पतालमा उपचाररत उनका बुवा हर्कबहादुरको ७६ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित रहेका थिए ।
मन्त्री किरातीले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनका बुवाको पार्थिव शरीर आजै पुख्र्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राईको निधन भएकोमा उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।