![विश्वम्भरप्रसाद श्रेष्ठ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/08/Bishombhar-Prasad-Shrestha3566.jpg?fit=1024%2C531&ssl=1)
काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाई समितिको आजको बैठकले प्रधानन्यायाधिशमा उनको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।
सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मिएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए ।
यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको प्रेस विज्ञप्ति