११ आश्विन २०८१, शुक्रबार

भक्तपुरको बाल सुधारगृहको ढोका तोडेर भागे सयौं कैदीबन्दी


भागे २२१ जना कैदीबन्दी तस्वीर : कमल प्रसाई

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित बालसुधार गृहको ढोका तोडेर सयौं कैदीबन्दी भागेका छन् । बाल सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको प्रहरीले बताएको हो ।

सोमबार सुधार गृहमा राखिएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर भाग्न थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । घटनाका क्रममा तीनजना कैदी र केही प्रहरी घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका उनीसहित अन्यको नागरिक अस्पतालमा उपचार भइरहेको छ । उक्त बाल सुधार गृहमा सजाय काटिरहेका रामेछापको मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।

बन्दीहरुले सुधार गृहबाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न थालेका थिए । अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् । सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन्।

अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बाल सुधार गृहमा थिए । थुनुवाहरु तोडफोडसहित फरार भएपछि नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !