२६ पुस २०८१, शुक्रबार

समाजवादी मोर्चाको बैठक भोलिसम्मका लागि स्थगित


समाजवादी मोर्चा

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको आज साँझ बस्ने भनिएको बैठक स्थगित भएको छ । आज साँझ ६ बजेका लागि बैठक सोमबार बिहान साढे ७ बजे बस्नेगरी स्थगित भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको थियो । बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि मोर्चाको सरेको बैठक आजको लागि बोलाइएको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि भोलि दोस्रो बैठक बस्ने भएको हो । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !