१९ असार २०८१, बुधबार

मुलुकलाई निकास दिनका लागि पार्टी एकता : अध्यक्ष दाहाल


prachanda

१९ जेठ, पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई निकास दिनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता गरिएको बताउनुभएको छ ।

नेकपा अन्नपूर्ण गाउँपालिकाद्वारा अध्यक्ष दाहालको जन्मथलो ढिकुरपोखरीमा आज आयोजित सम्मान तथा स्वागत कार्यक्रममा उहाँले ठूलो पार्टीको लागि मात्र नभई मुलुक र जनताको समृद्धिका लागि एकता गरिएको स्पष्ट पार्नुभयो ।

पार्टी एकताअघि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र आपूmले विगतका सात वर्षको नेपालको विकासको विश्लेषण गरेको जानकारी दिँदै अध्यक्ष दाहालले एकतालाई प्रदेश र संघ निर्वाचनको परिणामले समेत अनुमोदान गरेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी, केन्द्रीय सदस्यद्वय खगराज अधिकारी र राजकाजी गुरुङ, नेता कृष्ण थापा र बखानसिंह गुरुङले पार्टी एकताले नेपाली जनतामा आएको उत्साहको भावनालाई बुझेर सरकारले काम गर्नु पर्नेमा जोड दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !