७ मंसिर २०८१, शुक्रबार

कांग्रेसका सांसद सुनील शर्मालाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश


डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा थुनामुक्त भएका छन् । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको हो ।

शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई आज शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएको हो । नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न सीआईबीले राखेको म्याद थपको प्रस्ताव अदालतले अस्वीकार गरेको हो ।

न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई साधारण तारिखमा राखेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप अस्वीकार गरेको हो । सीआईबीले उनलाई हिजो बिहीबार मात्र पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !