६ जेष्ठ २०८१, आइतबार

सभामुखले बोलाए प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक


सभामुख घिमिरेले गरे प्रमुख तीन दलका शीर्षनेतासँग छलफल फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुसँगको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज दिउँसो १२ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आग्रह गरेका छन् ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए ।

आइतबार सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु